परिचय

पशु क्वारेन्टाइन कार्यालय, , विरगंज , पर्सा

यस जिल्लामा वि.स.२०१३ साल भन्दा अगाडी प्राय जसो वनजङ्गल सुब्बा, थरी र जिम्बावालको रेखदेखमा संरक्षण तथा उपभोग भइरहेको थियो भने २०१३ सालमा नीजि वन राष्ट्रियकरण भइसकेपछि २०३५ साल सम्म प्रधान कार्यालय अन्तरगत बिट अफिस र इलाम वन डिभिजन कार्यालय अन्तरगत २ वटा रेञ्ज कार्यालय फिदिम र रवी मार्फत वन जङ्गल तथा वन्य जन्तुहरूको संरक्षण सम्वर्द्धन भइरहेको थियो । २०४० सालमा जिल्ला पञ्चायतको शाखा कार्यालय पाँचथरको स्थापना पश्चात यस जिल्लामा २ वटा इलाका वन कार्यालय रवी र फिदिम मातहतका ४/४ वटा वन इकाइ मार्फत वनजङ्गलको संरक्षण सम्वर्द्धनको साथै विरुवा उत्पादन वृक्षारोपण, नर्सरी निर्माण, वन सिमाङ्कन कार्यक्रम संचालन भई वन क्षेत्रमा रहेका खाली पर्ति, नाङ्गो डाँडाहरूको व्यवस्थापनमा सहयोग पुयाई पञ्चायती वन तथा पञ्चायत संरक्षित वनको रुपमा स्थानिय गा.वि.स. हरूलाई हस्तान्तरण गर्दै आएको देखिन्छ । तत् पश्चात २०५० सालको पुर्नसंरचना अनुसार जिल्ला वन कार्यालयको रूपमा स्थापित हुनका साथै ईलाका वन कार्यालय खारेज भई ८ वटा रेञ्जपोष्टबाट वन विकास तथा संरक्षणका कार्यक्रम अगाडि वढाईयो । वि.सं. २०७० सालमा पूनः सांगठनिक परिवर्तन भई रेञ्जपोष्टहरूलाई इलाका वन कार्यालयको रुपमा नामाकरण गरिएकोमा हालको नयाँ सांगठनिक संरचना अनुसार साविकको जिल्ला वन कार्यालयलाई डिभिजन वन कार्यालय नामाकरण गरी साविककै ८ वटा इलाका वन कार्यालयहरूलाई सव-डि.व.का.मा रूपान्तरण गरी जम्मा ६० जना कर्मचारीको दरवन्दीको व्यवस्था गरिएको छ । पाँचथर जिल्ला नेपालको सुदूरपुर्वमा अवस्थित एक पहाडी जिल्ला हो । यस जिल्लाको कुल क्षेत्रफल १२४३१८ हेक्टर रहेको छ । उचाई, भौगोलिक विविधता एवं विषम हावापानीको कारण यस जिल्लामा उष्ण प्रदेशीय सदावहार जंगल देखि लेकाली वनस्पति झाडी पोथ्रा (४४४८ मी. माथिको उचाइमा ) जस्ता रुखहरू भएको वन जंगल पनि पाइन्छ । धरातलिय उचाईको फराकिलो सिमा भित्र रहेको यस जिल्लामा सोही अनुरुपको विविध हावापानीमा उच्च विविधताको वनस्पती क्षेत्र रहेको पाईन्छ । जिल्लाको कूल क्षेत्रफलको करीव ५८ प्रतिशत क्षेत्र वन क्षेत्र रहेको यस पाँचथर जिल्लामा हाल डिभिजन वन कार्यालय र यस मातहतका ८ वटा सव-डि.व.का. मार्फत वनको संरक्षण, सम्वर्द्धन, व्यवस्थापन र सदुपयोगका कार्य हुदै आईरहेको छ । साथै वन विकास गुरुयोजनाको उद्देश्य अनुरुप सामुदायिक वन विकास कार्यक्रम तथा गरिवी न्यूनीकरणमा सहयोग पुग्ने कबुलियती वन विकास कार्यक्रम २०५८/५९ देखि संचालन हुँदै आएको देखिन्छ । जिल्लाको कुल वनको क्षेत्रफल ७१७७४ हेक्टर मध्ये हाल सम्म १७९ वटा वन समूहहरूलाई १७८२५.१३ हेक्टर वन क्षेत्र सामुदायिक वनको रुपमा हस्तान्तरण भई सकेको छ । साथै २२८ कबुलियती वन समूहलाई ७८९.७४ हे. वन क्षेत्र कबुलियती वनको रुपमा हस्तान्तरण भइसकेको छ। यसै गरी २ वटा धार्मिक क्षेत्रको १७.५५ हेक्टर वनक्षेत्रहरू धर्मिक वनको रुपमा हस्तान्तरण भई सकेको छ।