हाइलाइटहरू:

हाम्रो बारेमा

यस जिल्लामा वि.स.२०१३ साल भन्दा अगाडी प्राय जसो वनजङ्गल सुब्बा, थरी र जिम्बावालको रेखदेखमा संरक्षण तथा उपभोग भइरहेको थियो भने २०१३ सालमा नीजि वन राष्ट्रियकरण भइसकेपछि २०३५ साल सम्म प्रधान कार्यालय अन्तरगत बिट अफिस र इलाम वन डिभिजन कार्यालय अन्तरगत २ वटा रेञ्ज कार्यालय फिदिम र रवी मार्फत वन जङ्गल तथा वन्य जन्तुहरूको संरक्षण सम्वर्द्धन भइरहेको थियो । २०४० सालमा जिल्ला पञ्चायतको शाखा कार्यालय पाँचथरको स्थापना पश्चात यस जिल्लामा २ वटा इलाका वन कार्यालय रवी र फिदिम मातहतका ४/४ वटा वन इकाइ मार्फत वनजङ्गलको संरक्षण सम्वर्द्धनको साथै विरुवा उत्पादन वृक्षारोपण, नर्सरी निर्माण, वन सिमाङ्कन कार्यक्रम संचालन भई वन क्षेत्रमा रहेका खाली पर्ति, नाङ्गो डाँडाहरूको व्यवस्थापनमा सहयोग पुयाई पञ्चायती वन तथा पञ्चायत संरक्षित वनको रुपमा स्थानिय गा.वि.स. हरूलाई हस्तान्तरण गर्दै आएको देखिन्छ । तत् पश्चात २०५० सालको पुर्नसंरचना अनुसार जिल्ला वन कार्यालयको रूपमा स्थापित हुनका साथै ईलाका वन कार्यालय खारेज भई ८ वटा रेञ्जपोष्टबाट वन विकास तथा संरक्षणका कार्यक्रम अगाडि वढाईयो । वि.सं. २०७० सालमा पूनः सांगठनिक परिवर्तन भई रेञ्जपोष्टहरूलाई इलाका वन कार्यालयको रुपमा नामाकरण गरिएकोमा हालको नयाँ सांगठनिक संरचना अनुसार साविकको जिल्ला वन कार्यालयलाई डिभिजन वन कार्यालय नामाकरण गरी साविककै ८ वटा इलाका वन कार्यालयहरूलाई सव-डि.व.का.मा रूपान्तरण गरी जम्मा ६० जना कर्मचारीको दरवन्दीको व्यवस्था गरिएको छ । पाँचथर जिल्ला नेपालको सुदूर...................

कार्यालयको कार्यविवरण

सूचना र समाचारहरू

सूचनाहरू

प्रेस विज्ञप्ति